Sunday, June 7, 2026
Homeअपराध र घटनासालकको खपटासहित मन्थलीबाट २ युवक पक्राउ

सालकको खपटासहित मन्थलीबाट २ युवक पक्राउ

रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा छन् ।

सुराकको आधारमा आरोपीहरुको घर खानतलासी गर्दा ३ सय ६६ ग्राम दुर्लव बन्यजन्तु सालकको खपटा भेटिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए ।

प्रहरीचौकी सालु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सो खपटा बरामद गरेको हो । बेच्नको लागि उनीहरुले सो खपटा घरमा लुकाएर राखेका थिए । आरोपीहरुलाई आवश्यक कारवाहीका लागि प्रहरीले चिसापानी सबडिभिजन बन कार्यालय मन्थलीमा बुझाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका