Friday, August 7, 2026
Homeराजनीतिशिक्षा मन्त्रालयको वार्षिक समीक्षा: ‘सिकाइ चौतारी’ र उच्च शिक्षा पुनःसंरचनालाई प्राथमिकता

शिक्षा मन्त्रालयको वार्षिक समीक्षा: ‘सिकाइ चौतारी’ र उच्च शिक्षा पुनःसंरचनालाई प्राथमिकता

काठमाडौं — शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न गर्दै मन्त्रालयको समग्र कार्यसम्पादन सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। बैठकले आगामी आर्थिक वर्षमा परिणाममुखी कार्यसम्पादन, सेवा प्रवाहमा सुधार तथा शिक्षा क्षेत्रको संरचनात्मक रूपान्तरणलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

बैठकमा मन्त्रालय र मातहतका निकायले आर्थिक वर्षभरि हासिल गरेका उपलब्धि, विकास आयोजनाको कार्यान्वयन, सेवा प्रवाह, बजेट खर्च, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा विस्तृत समीक्षा गरिएको थियो। साथै कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको समाधान र आगामी वर्षका प्राथमिकताबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले आगामी आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्यसंस्कृतिको विकास तथा शिक्षा प्रणालीको गुणस्तरीय सुधारमा विशेष जोड दिए।

बैठकमा रेशु अर्याल ढुङ्गाना ले उच्च शिक्षाको पुनःसंरचनाको खाका शीघ्र कार्यान्वयनमा लैजान, सबै कार्यक्रमलाई परिणाममुखी बनाउन तथा शिक्षकसँग सम्बन्धित समस्याको समाधानका लागि प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइन्।

त्यसैगरी, शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल ले मन्त्रालयको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै अब स्पष्ट परिणाम देखिने गरी फरक कार्यशैली अपनाउनुपर्ने बताए। उनले उच्च शिक्षाको पुनःसंरचनालाई अभियानका रूपमा अघि बढाउने, कार्यसम्पादन सूचक (इन्डिकेटर) पुनःपरिभाषित गर्ने तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई क्रमशः प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी गर्नुपर्ने धारणा व्यक्त गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका