काठमाडौँ, २१ कात्तिक: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्।
एयर अरेबियाको विमानमार्फत शारजाहबाट काठमाडौँ आएका एक चिनियाँ नागरिक र दुई म्यान्मारी नागरिकलाई मङ्गलबार साँझ सशस्त्र प्रहरी बल नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका अभियुक्तहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा राखेर थप अनुसन्धान सुरु गरिएको प्राधिकरणले जानकारी दिएको छ।


