Friday, June 5, 2026
Homeअपराध र घटनालण्डनमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक नेपालीलाई जेल सजाय

लण्डनमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक नेपालीलाई जेल सजाय

लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा संलग्न रहेको आरोपमा लन्डनमा एक नेपालीलाई जेल सजाय सुनाइएको छ । लन्डन हयारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको ठहर गर्दै गिल्डफोर्ड क्राउन कोर्टले ४ फेब्रुअरीमा तीन वर्ष दुई महिना  जेल सजाय सुनाएको हो ।

प्रहरीले लामालाई ७ सेप्टेम्बर २०२० मा गिरफ्तार गरेको थियो । ए ३० र स्टयानवेल न्यू रोड जक्सनमा प्रहरीले रोकेपछि लामाले प्रहरी अधिकृतलाई दिएको बयान शंकास्पद थियो ।

त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरयो । प्रहरीको कुकुर ल्याएर लामा सवार गाडी खानतलासी गर्दा ६५ पोका क्रयाक कोकिन र करिब एक हजार पाउण्ड भेटिएको थियो । लामाको कार इन्सुरेन्स पनि थिएन ।

लामा यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको बताइएको छ । सन् २०२० जुलाईमा पनि बेलायतको लुटन भन्ने स्थानमा चोरी गरेको आरोपमा सजाय सुनाइएको थियो । भान्साबाट चक्कु झिकेर घर खानतलासी गर्ने क्रममा एक किशोरीलाई कुटपिट समेत गरेका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका