Tuesday, September 8, 2026
Homeअन्तराष्ट्रियरूसद्वारा भारतको ब्रिक्स अध्यक्षताको प्रशंसा, राष्ट्रिय मुद्रामा ९० प्रतिशत भुक्तानी

रूसद्वारा भारतको ब्रिक्स अध्यक्षताको प्रशंसा, राष्ट्रिय मुद्रामा ९० प्रतिशत भुक्तानी

काठमाडौं । रूसले भारतको ब्रिक्स अध्यक्षताका क्रममा भएका उपलब्धिहरूको प्रशंसा गर्दै ब्रिक्स सहकार्यलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको जनाएको छ।

रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिक्स सदस्य राष्ट्रहरूसँग रूसको करिब ९० प्रतिशत भुक्तानी सम्बन्धित देशका राष्ट्रिय मुद्रामै भइरहेको बताएका छन्।

उनका अनुसार यसको उद्देश्य केवल ‘डि–डलराइजेसन’ गर्नु नभई अन्तर्राष्ट्रिय भुक्तानीका विकल्प र माध्यमलाई सकेसम्म विस्तार गर्नु हो। यद्यपि, केही देशले आफ्नो राष्ट्रिय मुद्रालाई विदेश नीतिको साधनका रूपमा प्रयोग गरिरहेको उनको टिप्पणी थियो।

पेस्कोभका अनुसार ब्रिक्सअन्तर्गत मानवीय सहयोग, आर्थिक सहकार्य र अन्य प्राथमिकताका क्षेत्रमा काम भइरहेको छ। रूस ब्रिक्सको सदस्यता थप विस्तार गर्न पनि प्रतिबद्ध रहेको उनले बताए।

सुरक्षा क्षेत्रमा पनि ब्रिक्सले सहकार्यका संयन्त्र विकास गरिरहेको पेस्कोभले उल्लेख गरे। त्यसअन्तर्गत लागुऔषध नियन्त्रण र आतंकवादविरुद्धको अभियानमा सदस्य राष्ट्रबीच सहकार्य भइरहेको छ। अन्तरिक्षसम्बन्धी क्षेत्रमा समेत ब्रिक्स देशहरूबीच सहकार्य विस्तार भइरहेको उनको भनाइ छ।

भारतसँगको सम्बन्धबारे पेस्कोभले भारतलाई रूसको रणनीतिक साझेदारका रूपमा उल्लेख गर्दै दुवै देशले विभिन्न क्षेत्रमा सहकार्यलाई निरन्तरता दिइरहेको बताए। भारतसँग हुने अधिकांश भुक्तानी पनि राष्ट्रिय मुद्रामै भइरहेको उनले जानकारी दिए।

युक्रेन युद्धमा शान्तिपूर्ण समाधानको पक्षमा रूस

युक्रेन युद्धबारे पेस्कोभले रूस युद्ध अन्त्य गरी शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा रहेको दाबी गरे। उनले सन् २०१४ को घटनाक्रमको उल्लेख गर्दै अमेरिका, बेलायत तथा केही युरोपेली मुलुकमाथि रूसलाई कमजोर बनाउने उद्देश्यले तख्तापलटको षड्यन्त्र गरेको आरोपसमेत लगाए।

शान्ति स्थापनाका लागि भारतले गरिरहेको प्रयासको रूसले स्वागत गर्ने पेस्कोभले बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि गरिरहेका प्रयासको पनि रूसले स्वागत गरेको उनको भनाइ थियो।

तर, केही युरोपेली देशले युक्रेनलाई रूसको ‘रणनीतिक पराजय’ हासिल गर्ने दिशामा उक्साइरहेको आरोप पेस्कोभले लगाए। रूसलाई रणनीतिक रूपमा पराजित गर्ने कुनै पनि प्रयास सफल हुन नदिने उनले स्पष्ट पारे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका