Wednesday, September 16, 2026
Homeअर्थ र ब्यापारराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विनिमयदर, अमेरिकी डलर १५४ रुपैयाँ नजिक

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विनिमयदर, अमेरिकी डलर १५४ रुपैयाँ नजिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १५४ रुपैयाँ नजिक पुगेको छ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

त्यसैगरी, एक युरोको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १९० रुपैयाँ ४४ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।

यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ६६ पैसासिङ्गापुर डलरको ११९ रुपैयाँ ०४ पैसा कायम गरिएको छ। बिक्रीदर क्रमशः १०७ रुपैयाँ ७८ पैसा, ११० रुपैयाँ ०९ पैसा११९ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार १० जापानी येनको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा, एक चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा तोकिएको छ।

त्यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा, कतारी रियालको खरिददर ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

यसैगरी, थाई भाटको खरिददर ४ रुपैयाँ ५७ पैसा, यूएई दिरामको ४१ रुपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५५ पैसा तथा १०० दक्षिण कोरियाली वनको खरिददर १० रुपैयाँ ३५ पैसा कायम गरिएको छ। स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका