Thursday, June 18, 2026
Homeअर्थ र ब्यापारराजस्व सङ्कलनमा थप मेहनत गर्न अर्थमन्त्री पौडेलको निर्देशन

राजस्व सङ्कलनमा थप मेहनत गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौँ:उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनमा थप मेहनत गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।

अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूसँगको बैठकमा उहाँले औसतभन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीलाई थप सक्रिय बनाउने निर्देशन दिनुभयो।

अर्थमन्त्री पौडेलले सामान्य रूपमा काम गर्दा सामान्य नतिजा मात्र प्राप्त हुने भन्दै, गत वर्षको यही अवधिको तुलनामा १३ प्रतिशतको राजस्व वृद्धि देखेर मात्र सन्तुष्ट भइहाल्न नसकिने बताउनुभयो। उहाँले संविधान र राष्ट्रिय हितलाई ध्यानमा राख्दै कानुनअनुसार करदाताबाट राजस्व सङ्कलन गर्नुपर्ने र समस्याहरूलाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो।

राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षाकर्मीलगायतका अन्तर निकायसँग समन्वय गरेर काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ। राजस्व सङ्कलनमा कमजोरी देखाउनेहरूलाई छुट नदिने र आवश्यक परे तत्कालै ‘एक्सन’ लिनुपर्ने कुरा अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो।

राजस्व सङ्कलन सुधारका लागि नीतिगत, संरचनागत, र प्रक्रियागत परिवर्तनमा नेतृत्वले पूर्ण साथ दिने उहाँले बताउनुभयो। बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका