काठमाडौँ । रवि लामिछाने पुन: गृहमन्त्री बनेका छन्। उनको पार्टी रास्वपले चार मन्त्रालय पाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार रास्वपाले गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए ।
उनका अनुसार श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।


