Wednesday, August 5, 2026
Homeअन्तराष्ट्रियमोदीको भिडियो हटाएको विषयमा भारतको संसदीय समितिको मेटालाई तीन दिनभित्र माफी माग्न...

मोदीको भिडियो हटाएको विषयमा भारतको संसदीय समितिको मेटालाई तीन दिनभित्र माफी माग्न निर्देशन

काठमाडौं । भारतीय प्रधानमन्त्री **नरेन्द्र मोदी**को फेसबुक भिडियो हटाइएको विषयलाई लिएर भारतको एक संसदीय समितिले **Meta**का प्रमुख **मार्क जुकरबर्ग**लाई तीन दिनभित्र निसर्त माफी माग्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

समितिले तोकिएको अवधिभित्र माफी नमागिए मेटाले भारतमा पाइरहेको कानुनी संरक्षण (सेफ हार्बर) तथा केही विशेष सुविधा पुनरावलोकन गर्ने विषयमा विचार गर्न सकिने चेतावनी दिएको बताइएको छ।

यसै विषयलाई लिएर भारतको सूचना प्रविधि मन्त्रालय र मेटाका अधिकारीहरूबीच दुई दिने बैठक पनि जारी रहेको छ। भारतीय सरकारले छलफलका लागि मेटाको ग्लोबल टोलीलाई नयाँ दिल्ली बोलाएको छ। बैठकको पहिलो चरण अगस्ट ५ मा सम्पन्न भएको जनाइएको छ।

प्रधानमन्त्री मोदीले गत जुलाई २३ मा आफ्नो फेसबुक पृष्ठमा एउटा भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनले परीक्षा प्रश्नपत्र चुहावट (पेपर लिक) लाई गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै यस्ता घटनाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत स्थापना गर्ने आवश्यकता औंल्याएका थिए।

उक्त भिडियो केही समयका लागि फेसबुकबाट हटाइएको थियो। तर, विवाद चर्किएपछि मेटाले भिडियो पुनः फेसबुकमा उपलब्ध गराएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका