Wednesday, April 29, 2026
Homeअर्थ र ब्यापारभारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भाउ नबढ्ने

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भाउ नबढ्ने

काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी दिएको छ।

निगमका अनुसार पेट्रोलमा ०.२४ रुपैयाँ, डिजेलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र ग्यास सिलिण्डरमा ३.६० रुपैयाँले मूल्य वृद्धि भएको छ।

तर आसन्न चाडपर्वलाई मध्यनजर गर्दै आम उपभोक्तालाई मूल्यवृद्धिको चाप कम गर्न निगमले आन्तरिक बजारमा मूल्य नबढाउने निर्णय गरेको स्पष्ट पारेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका