Saturday, May 2, 2026
Homeमनोरन्जनबिगुलको प्रदर्शन स्थगित

बिगुलको प्रदर्शन स्थगित

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बिगुल’को प्रदर्शन स्थगित गरिएको छ। निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालि ले मंगलबार विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म फिल्म प्रदर्शन रोक्ने निर्णय गरिएको जनाएको हो।

कम्पनीले जारी गरेको विज्ञप्तिमा निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायको सुझाव तथा परिस्थितिको मूल्याङ्कनपछि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। साथै फिल्मको नयाँ प्रदर्शन मिति चाँडै घोषणा गरिने पनि जनाइएको छ।

निर्माण पक्षले प्रदर्शन स्थगितबाट दर्शक तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमा माग्दै फिल्मलाई प्रत्यक्ष रूपमा गएर हेर्नुभएका दर्शक, कलाकार, प्राविधिक, पत्रकार तथा अतिथिहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

रमेश कोइराला द्वारा निर्देशित उक्त फिल्म दिनेश कोइराला को प्रस्तुतीमा निर्माण गरिएको हो। फिल्ममा बेनिशा हमालनरेन खड्का ले प्रमुख भूमिका निर्वाह गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका