Tuesday, September 15, 2026
Homeराजनीतिप्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिसमाथि आज संसदीय सुनुवाइ, कार्ययोजना पनि प्रस्तुत...

प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिसमाथि आज संसदीय सुनुवाइ, कार्ययोजना पनि प्रस्तुत गरिने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका व्यक्तिहरूमाथि संसदीय सुनुवाइ आज हुने भएको छ। यसका लागि सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा हुने बैठकमा प्रस्तावित पदाधिकारीहरूविरुद्ध प्राप्त उजुरीमाथि छलफल गरिनुका साथै उनीहरूले पेस गरेका कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने कार्यसूची रहेको छ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बागुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रस्तावित व्यक्तिहरूलाई राष्ट्रपतिले औपचारिक रूपमा नियुक्त गर्नेछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका