Tuesday, September 1, 2026
Homeसामाचारनुवाकोटमा एउटै घरबाट २४ शव उत्खनन, पहिचान खुल्न बाँकी

नुवाकोटमा एउटै घरबाट २४ शव उत्खनन, पहिचान खुल्न बाँकी

नुवाकोट । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० स्थित एक घरबाट २४ जनाको शव उत्खनन गरिएको छ।

नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीमा रहेको उक्त घरबाट सुरक्षाकर्मीले खोजी गर्ने क्रममा २४ जनाको शव फेला पारेका हुन्।

फेला परेका शवमध्ये १३ जना महिला, १० जना पुरुष र एक बालक रहेको प्रहरीले जनाएको छ। सबै शवको पहिचान खुल्न बाँकी रहेको एसपी रेग्मीले बताए।

उत्खनन गरिएका शवलाई पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका