Monday, July 27, 2026
Homeराजनीतिडा. गोविन्द केसी र सरकारी टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न, थप छलफल...

डा. गोविन्द केसी र सरकारी टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न, थप छलफल जारी

धनगढी । अनसनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आइतबार पहिलो चरणको वार्ता सम्पन्न भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको छलफलपछि दुवै पक्षले वार्तालाई सकारात्मक भन्दै थप आन्तरिक परामर्श जारी राखेका छन्।

वार्तापछि डा. केसी पक्ष आफ्ना माग र सरकारी प्रस्तावबारे थप छलफल गर्न डा. केसीसँग परामर्शमा जुटेको छ। अनसनरत केसीको उपचार भइरहेको आईसीयूमै उनका प्रतिनिधिहरूले निरन्तर छलफल गरिरहेका छन्।

डा. केसीका सहयोगी डा. अमृत जैसीले पहिलो चरणको वार्ता सकारात्मक रहेको बताए पनि सहमतिमा पुग्न अझै थप छलफल आवश्यक रहेको जानकारी दिए।

हालसम्म वार्तामा कुन–कुन विषयमा छलफल भयो वा के–कस्ता प्रस्ताव आदानप्रदान भए भन्ने विवरण भने दुवै पक्षले सार्वजनिक गरेका छैनन्। वार्ता निष्कर्षमा पुग्ने अपेक्षासहित थप संवाद जारी रहेको जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका