Wednesday, August 5, 2026
Homeखेलकुदटंकलाल घिसिङ राखेप सदस्य सचिवमा नियुक्त

टंकलाल घिसिङ राखेप सदस्य सचिवमा नियुक्त

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेको हो।

समितीले आइतबार सदस्य सचिवका लागि आवेदन बुझाएका १८ जनालाई मन्त्रालयमा  कार्ययोजना प्रस्तुत गर्न लगाएको थियाे । समितीले उम्मेद्वारहरुको कार्ययोजना प्रस्तुतीपछि तीन जनाको नाम मन्त्री गहतराज समक्ष बुझाइसकेको थियो ।

नेपाल सरकारको नियम अनुसार १८ एक जना महिलासहित  तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा समितीले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो । नेपाल सरकारले जनाबाट घिसिङलाई राखेपको जिम्मेवारी दिएको हो ।

सदस्य सचिवमा आवेदन बुझाउनेमा टंकलाल घिसिङ, अच्युतम लामिछाने, ममता श्रेष्ठ, दिपक विष्ट, आरके विष्ट, रविराज कर्णिकार,मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे,छुम्बी लामा र सुनिल नकर्मी रहेका थिए ।

समितीले प्रस्तुत गरेकाे नाम मन्त्री गहतराजले सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकमा लैजाने तयारी गरेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका