Monday, April 20, 2026
Homeकोरोना बिशेषकोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, एकैदिन १६ संक्रमितको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, एकैदिन १६ संक्रमितको मृत्यु

काठमाडौं: नेपालमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको छ। स्वास्थ्य मन्‍त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जना संक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ। शनिबार थप १० हजार बढीमा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार देशभरि २‍० हजार १८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएको हो। नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका