Wednesday, August 5, 2026
Homeअर्थ र ब्यापारकालीमाटीले सार्वजनिक गर्‍यो आजको थोक मूल्यसूची, गोलभेँडा प्रतिकिलो ३५ रुपैयाँदेखि

कालीमाटीले सार्वजनिक गर्‍यो आजको थोक मूल्यसूची, गोलभेँडा प्रतिकिलो ३५ रुपैयाँदेखि

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा माछाका विभिन्न वस्तुको मूल्य निर्धारण गरिएको छ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, ठूलो भारतीय गोलभेँडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेँडा ३५ रुपैयाँ कायम गरिएको छ। रातो लाम्चो आलु प्रतिकिलो ५१ रुपैयाँ, रातो गोलो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५७ रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो १२० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, स्थानीय बन्दा ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो हाइब्रिड मूला १५ रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै बोडी तने ६० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी (लोकल तथा हाइब्रिड) ७० रुपैयाँ, टाटे सिमी र भटमास कोसा १०० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी र हरियो फर्सी ६० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ५० रुपैयाँ कायम भएको छ।

साग तथा च्याउतर्फ रायोसाग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १२० रुपैयाँ, हरियो प्याज २०० रुपैयाँ, कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ तोकिएको छ।

यसैगरी कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन ३०० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, जिरीको साग ५०० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ५०० रुपैयाँ, सौफको साग २०० रुपैयाँ, पुदिना ५०० रुपैयाँ, गान्टेमूला १५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप २२० रुपैयाँ, चोसा आँप २०० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय काँक्रो ५० रुपैयाँ, हाइब्रिड काँक्रो १५ रुपैयाँ, लोकलक्रस काँक्रो ४० रुपैयाँ, रुख कटहर ५० रुपैयाँ, स्थानीय नास्पाती ९० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, लप्सी ६० रुपैयाँ, अमला २८० रुपैयाँ, एभोकाडो ५०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ कायम भएको छ।

मसलातर्फ नेपाली ड्रागन फ्रुट प्रतिकिलो ४०० रुपैयाँ, अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी १०० रुपैयाँ, माछे खुर्सानी ८० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन १८० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २४० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ, सुकेको छ्यापी २०० रुपैयाँ, सुकेको माछा १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा ३०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

 

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका