Thursday, July 23, 2026
Homeराजनीतिकांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, देउवा पक्षद्वारा पुनरवलोकन निवेदन

कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, देउवा पक्षद्वारा पुनरवलोकन निवेदन

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद पुनः सर्वोच्च अदालत पुगेको छ। सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शेरबहादुर देउवा पक्षले पुनरवलोकन निवेदन दर्ता गरेका छन्।

बुधबार दर्ता भएको उक्त पुनरवलोकन निवेदन अब सर्वोच्च अदालतको तीन न्यायाधीशीय इजलासमा पेसी तोकिनेछ। इजलासले पुनरवलोकनका लागि निस्सा (अनुमति) दिएमा मुद्दाको थप सुनुवाइ हुनेछ भने नदिएमा यसैबाट विवादको टुङ्गो लाग्नेछ।

गत वैशाख ४ गते सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला कानुनी रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा पक्षले पुनरवलोकनको माग गरेको हो।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्रको नेतृत्व विवाद पुनः न्यायिक प्रक्रियामा प्रवेश गरेसँगै यसको राजनीतिक महत्व पनि बढेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका