Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियउत्तर कोरियाले दक्षिण कोरियालाई चेतावनी दिँदै भन्यो, ‘परमाणु हमला गरिदिन्छौँ’

उत्तर कोरियाले दक्षिण कोरियालाई चेतावनी दिँदै भन्यो, ‘परमाणु हमला गरिदिन्छौँ’

दक्षिण कोरियाले आफूमाथि हमला गरे आफूहरुले परमाणु हमला गरिदिने उत्तर कोरियाले चेतावनी दिएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो–जोङको तर्फबाट यो बयान आएको हो ।

केहि दिन अघि दक्षिण कोरियाका रक्षामन्त्रीले उनको सेना उत्तर कोरियामा कुनै पनि लक्ष्यमा हमला गर्न सक्षम भएको बताएका थिए ।

दुई देशबीचको यो बयानबाजी त्यतिबेला सार्वजनिक भएको हो जब दुई देशबीचको सम्बन्ध असाध्यै तनावपूर्ण स्थितिमा छ ।

करिब ६ महिनाको मौनतापछि किम जोङ उनकी बहिनीले दक्षिण कोरियालाई यस्तो खालको धम्की दिएको यो दोस्रो पटक हो ।

उनले भनिन्, ‘दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तर कोरियमाथि हमला गर्ने कुरा गर्दै एउटा ठूलो गल्ती गरेका छन् । यदि दक्षिण कोरियाले यस्तो गरे उत्तर कोरियाले यसको जवाफ परमाणु हमलामार्फत् दिनेछ ।’

यद्यपि, किम यो–जोङले उत्तर कोरिया युद्ध नचाहने बताउँदै आफूहरुले हमलाको सुरुवात नगर्ने स्पष्ट पारेकी छिन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका