Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियइजरायलद्वारा लेबनानमा आक्रमण

इजरायलद्वारा लेबनानमा आक्रमण

काठमाडौं । इजरायली वायुसेनाले गोलान हाइट्समा रकेट आक्रमणको जवाफमा लेबनानमा हिजबुल्लाह स्थानहरूमा आक्रमण गरेको बताएको छ।

इजरायलको कब्जामा रहेको गोलान हाइट्सको फुटबल मैदानमा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ ।

इजरायलले आक्रमण हिजबुल्लाहले गराएको बताएको छ भने हिजबुल्लाहले यसलाई अस्वीकार गर्दै आएको छ ।

आइतवार बिहान, इजरायली सेनाले लेबनान भित्रको सातवटा हिजबुल्लाह स्थानहरूमा आक्रमण गरेको बताएको छ। यस हमलामा कति जना घाइते भएका छन् भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

इजरायलको उत्तरी सिमानामा भएको यो आक्रमण अक्टोबर ७, २०२३ पछिको मृत्युको हिसाबले सबैभन्दा घातक थियो।

आक्रमण लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका थिए ।

त्यसको केही घन्टापछि इजरायलले हिजबुल्लाहको स्थानमा आक्रमण गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका