काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा तोकिएको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २६ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको विनिमय दर
| मुद्रा | खरिददर | बिक्रीदर |
|---|---|---|
| अमेरिकी डलर (USD) १ | रु. १५१.६६ | रु. १५२.२६ |
| अष्ट्रेलियन डलर (AUD) १ | रु. १०८.०४ | रु. १०८.४६ |
| क्यानेडियन डलर (CAD) १ | रु. १०८.८३ | रु. १०९.२६ |
| युरोपियन युरो (EUR) १ | रु. १७५.४९ | रु. १७६.१८ |
| युके पाउन्ड स्ट्रलिङ (GBP) १ | रु. २०४.५१ | रु. २०५.३१ |
| भारतीय रुपैयाँ (INR) १०० | रु. १६०.०० | रु. १६०.१५ |


