Wednesday, August 26, 2026
Homeराजनीतिआज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले प्रधानमन्त्रीसमक्ष सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने भएका हुन्।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न कामकारबाहीसँग सम्बन्धित विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका