Wednesday, August 26, 2026
Homeराजनीतिआज दुई संसदीय समितिको बैठक बस्दै, पशु रोग नियन्त्रण र पुस्तकालय नीतिमाथि...

आज दुई संसदीय समितिको बैठक बस्दै, पशु रोग नियन्त्रण र पुस्तकालय नीतिमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दैछ। विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा पुस्तकालय नीतिको मस्यौदाका विषयमा सम्बन्धित सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ।

दुवै समितिका बैठकमा सम्बन्धित विषयका विज्ञ तथा सरोकारवालाको सुझाव लिई आगामी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका