काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६७५ जना सवारी चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीमार्फत ३५ तथा रातोबत्ती उल्लङ्घन गर्ने ३६ जना चालक कारबाहीमा परेका छन् ।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११३, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १६, लेन क्रस गर्ने ३ तथा एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ८ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, सवारीसाधनको अवस्था ठीक नभएका २५ जना चालक र अन्य ट्राफिक नियम उल्लङ्घनमा ३३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।