२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्षीय वृद्ध पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्षीय वृद्ध पक्राउ

बैतडी । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिका–४ द्वरीका ६८ वर्षीय मोहन सिंह बोहरा पक्राउ परेका छन् ।

शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको हो ।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!