जलजले मिथेन ग्यास उत्खननलाई सरकारले उच्च प्राथमिकता दिने रविको प्रतिबद्धता

जलजले मिथेन ग्यास उत्खननलाई सरकारले उच्च प्राथमिकता दिने रविको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खननलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

शनिबार जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्दै उनले दुई वर्षअघि ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ सम्पन्न भए पनि एक वर्षदेखि परीक्षणको काम रोकिएकोप्रति चासो व्यक्त गरे ।

लामिछानेले रोकिएको वेल टेस्ट (कुवा परीक्षण) तथा व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए ।

उनका अनुसार प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको छ । उक्त ग्यासको उत्खनन तथा व्यावसायिक उत्पादन सुरु भएमा कर्णालीको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!