Tuesday, May 26, 2026
Homeदेश र प्रदेशमास्क नलगाउने एक हजारभन्दा बढी प्रहरीकाे कारवाहीमा

मास्क नलगाउने एक हजारभन्दा बढी प्रहरीकाे कारवाहीमा

काठमाडौं : जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड स्वास्थ्य मार ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ ।

यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे जानकारी गराइएको ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उनकाअनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित नौ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो । मास्क नलगाई हिँड्नेहरूबाट जरिवानास्वरूप रू एक लाख ३७ हजारसङ्कलन गरिएको उनले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका