Thursday, August 27, 2026
Homeशिक्षाभोटेकोसी बाढीका कारण त्रिविका स्नातकोत्तर तहका परीक्षा स्थगित

भोटेकोसी बाढीका कारण त्रिविका स्नातकोत्तर तहका परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेका स्नातकोत्तर तहका केही परीक्षा प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन्।

त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै भदौ ११ गतेका लागि निर्धारित केही परीक्षा स्थगित गरिएको हो।

स्थगित हुने परीक्षामा स्नातकोत्तर तहअन्तर्गत एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र म्याट्स कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा–२०२६ अन्तर्गतका तोकिएका विषयका परीक्षा रहेका छन्।

त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले स्थगित परीक्षाको नयाँ मिति यथाशीघ्र प्रकाशित गरिने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका