काठमाडौँ । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी आवश्यक सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्।
अर्थ मन्त्रालयले समितिलाई बिमा क्षेत्रको वर्तमान अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको छ। समितिले बिमा क्षेत्रलाई थप प्रभावकारी, व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारका विषयमा अध्ययन गर्ने अपेक्षा गरिएको छ।


