Tuesday, September 15, 2026
Homeराजनीतिराष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेट, संसदीय गतिविधिबारे जानकारी

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेट, संसदीय गतिविधिबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेट गरेका छन्।

सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिको सचिवालयका अनुसार आजको प्रतिनिधिसभा बैठकअघि भएको भेटका क्रममा सभामुख अर्यालले मुलुकको वर्तमान राजनीतिक अवस्था, संसद्मा प्रस्तुत हुने कार्यसूची तथा पछिल्ला संसदीय गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

भेटमा समसामयिक राजनीतिक र संसदीय विषयमा समेत छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका