Tuesday, July 28, 2026
Homeस्वास्थ्य र जीवनशैलीस्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गरिनेछ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता, दोषीमाथि कडा कारबाही र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनाको अन्त्यको माग गर्दै विरोधस्वरूप सेवा बन्दको निर्णय गरिएको संघले जनाएको छ।

संघले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा सेवा दिन सक्ने अवस्था सुनिश्चित गर्न पनि आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका