Tuesday, August 25, 2026
Homeखेलकुदविश्वकप च्याम्पियन स्पेन फेरि फिफा वरीयताको नम्बर एक, अर्जेन्टिना दोस्रोमा झर्‍यो

विश्वकप च्याम्पियन स्पेन फेरि फिफा वरीयताको नम्बर एक, अर्जेन्टिना दोस्रोमा झर्‍यो

काठमाडौं । फिफाले सार्वजनिक गरेको नयाँ पुरुष विश्व वरीयतामा विश्वकप २०२६ विजेता स्पेन शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेपछि स्पेन जनवरीयता पहिलो पटक वरीयताको नम्बर एक बनेको हो।

विश्वकपको उपविजेता अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ भने फ्रान्स तेस्रो स्थानमा यथावत् रहेको छ। तेस्रो स्थानका लागि भएको खेलमा इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराए पनि वरीयतामा चौथो स्थानमै सीमित रह्यो।

ब्राजिल एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ। मोरोक्कोले इतिहासकै उत्कृष्ट प्रदर्शन गर्दै छैटौं स्थान हासिल गरेको छ भने पोर्चुगल दुई स्थान खस्किँदै सातौंमा पुगेको छ।

बेल्जियम एक स्थान सुधार गर्दै आठौंमा पुगेको छ भने नेदरल्यान्ड्स एक स्थान तल झर्दै नवौंमा सीमित भएको छ। मेक्सिको चार स्थान सुधार गर्दै शीर्ष १० मा प्रवेश गर्न सफल भएको छ।

विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको नर्वे सबैभन्दा धेरै सुधार गर्ने टोली बनेको छ। नर्वे १२ स्थान उक्लिँदै १९औं स्थानमा पुगेको छ।

यता, जर्मनी शीर्ष १० बाट बाहिरिँदै १२औं स्थानमा झरेको छ भने विश्वकपमा छनोट हुन नसकेको इटाली १५औं स्थानमा पुगेको छ।

सबैभन्दा ठूलो गिरावट ट्युनिसियाले बेहोरेको छ। १२ स्थान खस्किँदै ट्युनिसिया ५७औं स्थानमा पुगेको छ। इजिप्ट पाँच स्थान सुधार गर्दै २४औंमा उक्लिएको छ भने विश्वकपको अन्तिम १६ सम्म पुगेको पाराग्वे सात स्थान सुधार गर्दै ३४औं स्थानमा पुगेको छ।

विश्वकपको अन्तिम ३२ सम्मको यात्रा तय गरेको केप भेर्दे तीन स्थान सुधार गर्दै ६४औं स्थानमा पुगेको छ भने घाना आठ स्थान उक्लिँदै ६५औं स्थानमा पुगेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका