Sunday, July 19, 2026
Homeअर्थ र ब्यापारआर्थिक वर्ष २०८२/८३ मा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, आईटी क्षेत्रमा...

आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजना

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागले ५८ अर्ब १ करोड ८५ लाख रुपैयाँभन्दा बढी बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ। विभागका अनुसार स्वचालित (अटोमेटिक) र स्वीकृत (अप्रुभ्ट) मार्गमार्फत १ हजार ११६ वटा परियोजना वैदेशिक लगानीका लागि स्वीकृत भएका हुन्।

उद्योग विभागका अनुसार स्वचालित मार्गबाट ८९७ परियोजनाका लागि ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। त्यस्तै, अप्रुभ्ट रुटमार्फत २१९ परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।

क्षेत्रगत रूपमा सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै ७२७ परियोजना दर्ता भएका छन्। यद्यपि, यस क्षेत्रमा कुल २ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

लगानी रकमका आधारमा भने कृषिमूलक क्षेत्र अग्रस्थानमा रहेको छ। यस क्षेत्रमा १८ परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।

त्यस्तै, पर्यटन क्षेत्रमा २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४ परियोजनाका लागि ७ अर्ब १६ करोड रुपैयाँ तथा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ।

उद्योग विभागका अनुसार पछिल्लो तथ्यांकले कृषि, पर्यटन, ऊर्जा, उत्पादन तथा सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण निरन्तर बढिरहेको संकेत गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका