Saturday, July 4, 2026
Homeअपराध र घटनाडेढ करोड बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार आरोपमा एक पक्राउ

डेढ करोड बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार आरोपमा एक पक्राउ

काठमाडौं। नेपाल प्रहरीले रु १ करोड ४८ लाखभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर ठगी गरेको रकम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी अवैध कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी–५ निवासी २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा प्रजापतिले हालसम्म रु १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ।

प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई सर्वसाधारणबाट रकम सङ्कलन गर्ने र त्यसलाई डिजिटल मुद्रामा रूपान्तरण गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

खानतलासी तथा प्राविधिक अनुसन्धानका क्रममा प्रजापतिको विभिन्न डिजिटल खातामा ७,४८५ अमेरिकी डलर (करिब रु ११ लाख ४२ हजार) बराबरको मौज्दात समेत फेला परेको प्रहरीले जनाएको छ।

उक्त रकम रोक्का राख्ने प्रक्रिया अघि बढाइएको छ भने पक्राउ परेका प्रजापतिलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

नेपालमा क्रिप्टोकरेन्सीको खरिद–बिक्री, लगानी तथा कारोबार कानुनले निषेध गरेको भन्दै प्रहरीले उनीमाथि विदेशी विनिमय अपचलन र ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका