काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा तथा स्वीस फ्रयाङ्कको खरिददर १८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३७ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८४ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा रहेको छ। त्यसैगरी, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।
खाडी मुलुकका मुद्रातर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा कायम गरिएको छ।
यस्तै, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


