Homeअपराध र घटनाघरायसी विवादमा चक्कु प्रहार, थानकोटमा एक युवकको हत्या घरायसी विवादमा चक्कु प्रहार, थानकोटमा एक युवकको हत्या By Himalayan Tribune May 17, 2026 0 115 Share FacebookTwitterPinterestWhatsApp काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्दै आएका ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीमाथि चक्कु प्रहार गरेका हुन्। राति करिब ९:१५ बजे घरायसी विषयमा विवाद भएपछि अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षीय जाकिरमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका जाकिरलाई तत्काल सतुङ्गलस्थित अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक जाकिरको स्थायी घर गौशाला नगरपालिका–५ रहेको प्रहरीले जनाएको छ। घटनापछि खटिएको प्रहरी टोलीले आरोपी समि अहमदलाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग गरिएको चक्कु पनि प्रहरीले बरामद गरेको जनाएको छ। प्रहरी वृत्त थानकोट का अनुसार मृतकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ। Share FacebookTwitterPinterestWhatsApp सम्बन्धित समाचार अपराध र घटना ७ अर्ब २२ करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा हिमालयन लाइफका पूर्वसीईओ कर्णलाई २५ लाख धरौटी August 25, 2026 अपराध र घटना गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक जना पक्राउ August 24, 2026 अपराध र घटना बालिका बलात्कार–हत्या प्रकरणको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ August 24, 2026 - Advertisment - ताजा समाचार राष्ट्रपति पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै September 7, 2026 बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, ८ लाख ६३ हजार कित्ता बिक्रीमा September 7, 2026 अर्थतन्त्रलाई चलायमान बनाउन पाँच प्राथमिकतामा सरकारको जोड September 7, 2026 गृह मन्त्रालयमा लागुऔषध नियन्त्रण विभाग स्थापना September 7, 2026 भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक September 7, 2026 Load more धेरै कमेन्ट गरिएका राष्ट्रपति पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै September 7, 2026 प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने February 28, 2021 सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो February 28, 2021 खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान February 28, 2021 नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार February 28, 2021