Saturday, May 9, 2026
Homeअन्तराष्ट्रियइरान मा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

इरान मा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । इरान को इस्फहान प्रान्तस्थित एक फलफूल तथा तरकारी बजार क्षेत्रमा मंगलबार सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलट र सह–पाइलटसहित चार जनाको मृत्यु भएको छ।

इरानी सरकारी टेलिभिजनका अनुसार उक्त हेलिकप्टर प्रशिक्षण मिसनमा रहेको बेला दुर्घटना भएको हो। दुर्घटनापछि बजार क्षेत्रबाट बाक्लो धुवाँ निस्किएको र घटनास्थल वरिपरि भग्नावशेष छरिएको देखिएको थियो।

Fars News Agency का अनुसार दुर्घटनामा बजारमा रहेका दुई सर्वसाधारण नागरिकको पनि ज्यान गएको छ। यससँगै मृतकको संख्या चार पुगेको पुष्टि गरिएको छ।

यो एक साताभित्र इरानमा भएको दोस्रो सैन्य हवाई दुर्घटना हो। यसअघि पश्चिमी शहर हमेदान नजिकै एफ–४ लडाकु विमान दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको थियो।

इरानको सैन्य तथा व्यावसायिक उड्डयन बेडा पुरानो हुँदै गएको छ। पश्चिमा प्रतिबन्धका कारण स्पेयर पार्ट्स आपूर्तिमा अवरोध आएको र त्यसले मर्मतसम्भार तथा सञ्चालन प्रक्रियामा चुनौती थपिएको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका