Monday, July 20, 2026
Homeअन्तराष्ट्रियओडिशामा प्रभासको राजा साब प्रदर्शनका क्रममा थिएटरमा आगलागी, ठूलो दुर्घटना टर्यो

ओडिशामा प्रभासको राजा साब प्रदर्शनका क्रममा थिएटरमा आगलागी, ठूलो दुर्घटना टर्यो

काठमाडौं । साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म राजा साब जनवरी ९ मा रिलिज भएको थियो। शनिबार ओडिशामा फिल्मको प्रदर्शनका क्रममा थिएटरमा आगलागीको घटना भए पनि ठूलो दुर्घटना भने टरेको छ।

यो घटना ओडिशाको रायगडास्थित अशोक टकीज हलमा भएको हो। फिल्मको सुरुवाती दृश्यमा प्रभासलाई प्रस्तुत गरिएको गीत बजिरहेका बेला फ्यानहरू अत्यधिक उत्साहित भएका थिए। त्यसक्रममा केही प्रशंसकहरूले पर्दाको अगाडि आरती गर्न थाले।

आरती गर्ने क्रममा भीडमा रहेका प्रशंसकहरूको हातबाट थाल खस्दा केही सेकेन्डमै भुइँमा आगो सल्किएको थियो। आगो फैलिन थालेपछि थिएटरभित्र अफरातफरीको अवस्था सिर्जना भएको थियो।

थिएटरमा रहेका दर्शकहरूले तत्कालै तौलिया र कपडाको सहायताले आगो निभाउने प्रयास गरे। केही समयमै थिएटरका कर्मचारीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। यस घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा थिएटरभित्रका मानिसहरू मिलेर आगो निभाइरहेको दृश्य देख्न सकिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका