Sunday, September 20, 2026
Homeअन्तराष्ट्रियउत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, ३० घाइते, ९० हजारलाई घर खाली गर्न...

उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, ३० घाइते, ९० हजारलाई घर खाली गर्न निर्देशन

काठमाडौं । उत्तरपूर्वी जापानमा सोमबार राति गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३० जना घाइते भएका छन्। भूकम्पपछि हजारौं मानिसहरू घर छोडेर सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार राति ११ः१५ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा समुद्रमा रहेको थियो भने यसको गहिराइ करिब ५० किलोमिटर मापन गरिएको छ।

भूकम्पपछि देशभर सुनामीको चेतावनी जारी गरिएको थियो, तर अवस्था सामान्य बन्दै गएपछि चेतावनी हटाइएको छ। यद्यपि, तटीय क्षेत्रमा करिब ७० सेन्टिमिटरसम्मका छालहरू देखिएका थिए। भूकम्पका कारण केही रेल सेवा अवरुद्ध भएका छन् भने हजारौं घरमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनहरूमा थप शक्तिशाली भूकम्प जान सक्ने सम्भावना रहेको चेतावनी दिँदै नागरिकहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन आग्रह गरेका छन्।

जापानी प्रधानमन्त्री साने ताकाइचीले नागरिकहरूलाई भूकम्पको तयारी पुनः जाँच गर्न र झट्का महसुस हुने बित्तिकै सुरक्षित स्थानमा जान तयार रहन अनुरोध गरेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार करिब ९० हजार मानिसहरूलाई सम्भावित जोखिमका कारण घर खाली गर्न आदेश दिइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका