Saturday, May 30, 2026
Homeमुख्य समाचारवार्सामा गन्हाउने फूल हेर्न सयौँको भिड

वार्सामा गन्हाउने फूल हेर्न सयौँको भिड

कुहिएको लासको जस्तै गन्ध आउने फूल हेर्नका लागि पोल्याण्डको राजधानी वार्सामा सयौँ मानिसहरुको भिड लागेको छ ।

संकटापन्न सुमात्रान टाइटन आरुम नामक उक्त फूललाई लास फूलको नामले पनि चिनिन्छ । वार्सास्थित बोटानिकल गार्डेनमा निकै छोटो समयका लागि फूल्ने उक्त फूल आइतबार फक्रिएसँगै सयौँ मानिसहरु फूल हेर्नका लागि घण्टौँसम्म पर्खिएर लाइनमा बसे । आइतबार दिउँसो, रातभर तथा सोमबार बिहानसम्म गरी हजारौँको संख्यामा मानिसहरुले उक्त फूल हेरेका थिए ।

विज्ञहरुका अनुसार परागसेचनका लागि परागसेचक किटहरु आकर्षित गर्नका लागि उक्त फूलबाट कुहिएको लासजस्तो गन्ध आउने गर्दछ । आइतबार फक्रिएको फूल सोमबारको बिहानै ओइलाएको थियो ।

वार्सा विश्वविद्यालयस्थित बोटानिकल गार्डेनले उक्त फक्रिएको फूलको लाइभ भिडियो समेत प्रशारण गरेको थियो ।

यो फूललाई विश्वको सबैभन्दा ठूलो फूल पनि भनिन्छ । यसको उचाई १० फिटसम्म हुन्छ।

यो संकटापन्न प्रजातिको फूल प्राकृतिक वातावरणमा केवल इण्डोनेसियाको सुमात्रामा मात्र पाइन्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका