Saturday, June 6, 2026
Homeखेलकुदएनपीएल : प्लेअफ टिकाउन कर्णाली–काठमाडौँ भिड्दै, दुवै टोलीका लागि ‘जित या बाहिर’को...

एनपीएल : प्लेअफ टिकाउन कर्णाली–काठमाडौँ भिड्दै, दुवै टोलीका लागि ‘जित या बाहिर’को स्थिति

काठमाडौं। त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज आमनेसामने हुँदै छन्। खेल अपराह्न ३:३० बजे शुरू हुनेछ।

कर्णाली याक्सले कप्तान सोमपाल कामीको नेतृत्वमा चार खेल खेल्दा केवल एक जित हात पारेको छ। दुई अंकसहित कर्णाली तालिकाको छैटौँ स्थानमा छ र प्लेअफ सम्भावनालाई जोगाइ राख्न आज अनिवार्य जीत आवश्यक छ।

उता, करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाज पाँच खेलमा विजयी हुँदै तालिकाको तेस्रो स्थानमा छ। प्लेअफ सुरक्षित गर्न काठमाडौँका लागि पनि आजको खेल समान रूपले महत्त्वपूर्ण मानिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका