काठमाडौँ, ११ भदौ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ। युरो एकको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९० पैसा र बिक्रीदर १०९ रुपैयाँ ३७ पैसा तय गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा तोकिएको छ।
त्यसैगरी, कतारी रियाल एकको बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा, युएई दिराम एकको बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको बिक्रीदर ४६० रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको बिक्रीदर ३७२ रुपैयाँ ९१ पैसा र ओमानी रियाल एकको बिक्रीदर ३६५ रुपैयाँ १९ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले तोक्ने दर फरक पर्नसक्ने र अद्यावधिक विवरण बैंकको वेबसाइटमा हेर्न सकिने छ।


