Thursday, June 25, 2026
Homeअर्थ र ब्यापारमुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब

मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब

काठमाडौँ: मुलुकको कूल व्यापार घाटा चालु आर्थिक वर्षको छ महिनामा रु ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो गत वर्षको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो।

निर्यात

कूल निर्यात ३१.८ प्रतिशतले वृद्धि भई रु ९८ अर्ब ७९ करोड पुगेको छ।
प्रमुख गन्तव्य मुलुकहरूमा भारततर्फ ४६.१ प्रतिशत, चीनतर्फ १९.७ प्रतिशत, र अन्य मुलुकतर्फ १ प्रतिशतले वृद्धि।
वस्तुका आधारमा सोयाबिन तेल, चिया, पोलिस्टर यार्न, पार्टिकल बोर्डलगायतको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा र तयारी पोसाकको निर्यात घटेको छ।

आयात

कूल आयात ७.१ प्रतिशतले वृद्धि भई रु ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ।
भारतबाट ५.९ प्रतिशत, चीनबाट ८.९ प्रतिशत, र अन्य मुलुकबाट ९ प्रतिशत आयात वृद्धि।
कच्चा भटमास तेल, चामल, सवारीसाधन र स्पन्ज आइरनको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन र रासायनिक मलको आयात घटेको छ।

भन्सार विवरण

निर्यात भैरहवा, विराटनगर, वीरगंजलगायत नाकाबाट घटेको छ।
आयातमा अधिकांश प्रमुख नाकाहरूमा वृद्धि देखिएको छ।

परिवर्तनीय मुद्रा भुक्तानी

भारतबाट परिवर्तनीय विदेशी मुद्रा भुक्तानी गरी रु ८८ अर्ब ५६ करोड बराबरको आयात भएको छ। यो गत वर्षको सोही अवधिको रु ७६ अर्ब २५ करोडभन्दा बढी हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका