Tuesday, June 23, 2026
Homeअर्थ र ब्यापारघट्यो नेप्से १५.५४ अंकले, परिसूचक २५९४ बिन्दुमा

घट्यो नेप्से १५.५४ अंकले, परिसूचक २५९४ बिन्दुमा

काठमाडौँ: सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घट्दै २६१० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घटेर २५९४ बिन्दुमा झरेको छ।

सोमबार १७५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्दा ती कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट देखियो। उता, ६३ कम्पनीको सेयर मूल्य बढेकोमा बाराही हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेर उल्लेख्य वृद्धि भएको छ।

सोमबारको कुल सेयर कारोबार ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँमा सीमित रह्यो। सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भयो, जसले ४५ करोड २५ लाख रुपैयाँको कारोबार गरे।

नेप्सेका सबै उपसमूहको सूचक समेत घटेको छ, जसले बजारको समग्र अवस्था कमजोर रहेको संकेत गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका