Sunday, June 7, 2026
Homeअपराध र घटना३ लाख रुपैयाँ घुस लिएका धनेश्वर प्रसाई अख्तियारद्वारा पक्राउ

३ लाख रुपैयाँ घुस लिएका धनेश्वर प्रसाई अख्तियारद्वारा पक्राउ

काठमाडौं। काठमाडौँको ताहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। उनलाई ३ लाख रुपैयाँ घुससहित आइतबार साँझ नियन्त्रणमा लिइएको हो।

सेवाग्राहीसँग पेन्सनपट्टा बनाइदिने बहानामा घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले टङ्गालबाट उनलाई पक्राउ गरेको हो।

उनले सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरिएकी उनको बारेमा अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका