पोखरा। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको म्याद चौथो पटक थप गरिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।
लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो, र दोस्रो तथा तेस्रो पटक क्रमशः ७ र १० दिनको म्याद थप भएको थियो।
कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।


