Monday, June 8, 2026
Homeअपराध र घटनासहकारी ठगीका फरार आरोपित ढोरपाटनका मेयर दिल्लीमा पक्राउ

सहकारी ठगीका फरार आरोपित ढोरपाटनका मेयर दिल्लीमा पक्राउ

काठमाडौं: सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन्। रेडकर्नर नोटिस जारी भएका मेयर नेपालीलाई भारतीय सुरक्षाकमीले पक्राउ गरेर नेपाललाई जानकारी गराएको बताइएको छ ।

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ । बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ।

सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिनाको आरोप लागेपछि २०८० जेठ ५ मा उनी सम्पर्कविहीन भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका