Friday, June 5, 2026
Homeराजनीतिमाधवलाई खड्गप्रसादको कटाक्ष: परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन

माधवलाई खड्गप्रसादको कटाक्ष: परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन’ भन्दै कटाक्ष गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले नेपालप्रति कटाक्ष हान्दै यस्तो बताएका हुन्।

उनले भने, “परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस्।”

संसदमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले नेपाललाई यस्तो कटाक्ष हानेका हुन्।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका