Wednesday, September 23, 2026
Homeकोरोना बिशेषकाठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन ।

काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन ।

१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ ।

निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिँ खुलाएको छैन ।

कार्यालयकी शाखा अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा निषेधाज्ञामा अत्यावश्यक सेवा तथा वस्तु बोकेका सवारी साधन, विरामी तथा विरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, विमा कम्पनीका कर्मचारीका लागि सवारी पास नचाहिने उल्लेख गरिएको छ ।

त्यस्तै एयरपोर्ट जाने र आउने यात्रुका लागि पनि सवारी पास आवश्यक नपर्ने भन्दै यस्ता काममा यात्रा गर्दा अवरोध भएमा प्रहरीको १०० र १०३ मा फोन गर्न भनिएको छ । कोरोना महामारी रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

अन्लाईनखबर बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका