Tuesday, June 2, 2026
Homeसामाचारचीनको यो शहरमा चालकरहित गाडीलाई दिइयो अनुमति

चीनको यो शहरमा चालकरहित गाडीलाई दिइयो अनुमति

टोयोटा मोटरको सहयोग रहेको सेल्फ ड्राइभिङ टेक कम्पनी Pony.ai  ले चीनमा ट्याक्सीको लाइसेन्स पाएको जानकारी दिएको छ । लाइसेन्स प्राप्त गरेसँगै कम्पनीका केही चालकरहित वाहन अब भाडामा लिन सकिनेछ ।

कम्पनीले देशमा यस्तो गर्ने आफूहरु पहिलो अटोनोमस ड्राइभिङ कम्पनी भएको दाबी गरेको छ । स्टार्टअप कम्पनीले बताए अनुसार उसले नान्साको गुआंगझु शहरमा १०० ड्राइभरलेस गाडी सञ्चालन गर्ने लाइसेन्स पाएको छ ।

कम्पनीको बयान अनुसार, यो मञ्जुरी नान्शाको सानो इलाकाका लागि पाइएको हो । कम्पनी ८०० वर्ष किलोमिटरको दायरमा चालकरहित गाडी चलाउन सक्छन् । यात्रीले Pony.ai को एपबाट राइड बुक र रकम भुक्तानी गर्न सक्छन् ।

Pony.ai ले  अमेरिका र चीनमा आफ्नो चालकरहित प्रविधिलाई सार्वजनिक सडकमा परीक्षण गरिरहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका